छानो-मानोको सङ्घर्षमा सुकुम्बासी (फोटोफिचर)



काठमाडौं । काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको निर्णयविरुद्ध सुकुम्बासीहरुले आन्दोलन गरेको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाले १५ दिनभित्र खोलाको छेउ छाउको बस्तीहरुलाई हट्न र नहटेको अवस्था महानगरले डोजर लगाएर बस्ती हटाउने सूचना जारी गरेपछि सुकुम्बासीहरुले आन्दोलन गरेको हो ।

थातथलो हटाउने अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको निर्णयविरुद्ध माइतीघर मण्डलामा दूधे बालकसहित विरोधमा उत्रिएका थिए बाग्मती किनाराका सुकुम्बासीहरू ।

तस्बिर : विजय तामाङ

प्रतिक्रिया दिनुहोस्