हेटौंडामा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा ‘डिस्पोज’



हेटौंडा । मकवानपुरको हेटौंडा-१० राप्तीपुल नजिक शंकास्पद वस्तु फेला परेको छ। गएराती अन्दाजी १० बजेको समयमा प्रेसर कुकरसहित शंकास्पद वस्तु देखा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले सो शंकास्पद वस्तुलाई गएरातीनै नेपाली सेनाको ‘डिस्पोज’ गरेको जानकारी दिए।

उनले शंकास्पद वस्तुमा कुनै पनि विस्फोटक पदार्थ नरहेको समेत बताए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। निर्वाचन नजिकिँदै गर्दा शंकास्पद वस्तु देखेपछि सो क्षेत्रका स्थानीय त्रसित बनेका थिए । यही ४ मंसिर आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ। 

प्रतिक्रिया दिनुहोस्