उत्तर कोरियाद्वारा संदिग्ध अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार



टोक्यो । उत्तर कोरियाले शुक्रबार शंकास्पद अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उक्त मिसाइल जापानबाट मात्र २०० किलोमिटर टाढा खसेको थियो । मिसाइल संयुक्त राज्य अमेरिकाको मुख्य भूमिमा पुग्न पर्याप्त दूरी रहेको जापानी अधिकारीहरूले पत्रकारहरूलाई जानकारी दिएको रोयटर्सले जनाएको छ ।

दक्षिण कोरियाली र जापानी अधिकारीहरूले मिसाइल प्रक्षेपणको रिपोर्ट गरेका छन् । उत्तर कोरियाद्वारा साना मिसाइल प्रक्षेपण र यसको क्षेत्रीय सुरक्षा उपस्थिति बढाउन अमेरिकालाई ‘उग्र सैन्य प्रतिक्रिया’ को चेतावनी दिएपछि यो मिसाइल प्रक्षेपण भएको हो ।

परमाणु सशस्त्र मुलुक उत्तर कोरियाको मिसाइल कार्यक्रम यसवर्षको लागि कीर्तिमानी वर्ष बन्न पुगेको छ । सन् २०१७ पछि पहिलोपटक उत्तर कोरियाले आईसीबीएम परीक्षण पुनः सुरु गरेको र आणविक निशस्त्रीकरण वार्ता ठप्प भएकाले लामो दूरीको प्रक्षेपणमा लगाएको स्वस्प्रतिबन्ध तोडेर प्रक्षेपण गरेको हो । जापानका रक्षामन्त्री यासुकाजु हामादाले  पत्रकारहरूलाई नयाँ मिसाइल १५ हजार किलोमिटरसम्म उड्न सक्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्