
बाजुरा : बाजुराको बूढीगङ्गा नगरपालिकाको–२ बल्देमा आज मार्तडी आउँदै गरेको से१ज ५४३ नं को जिप बल्देमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रिवेणी–४ तोलीका ३५ वर्षीय धनबहादुर साउँद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले जानकारी दिए । दुर्घटनामा परेका यात्रुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रमुख भाटले बताए ।
दुर्घटनामा परी गम्भीर घाइतेमध्ये चालकका छोरा २२ वर्षीय नवराज साउँद, ट्रक चालक कुम्भ रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सोही नगरपालिका–१ कुँडीमा भारतबाट आएकालाई पुर्याएर कुँडीबाट मार्तडी आउने क्रममा जिप दुर्घटना भएको हो । जिप सडकभन्दा करिब पाँच सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।