म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान



म्याग्दी । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गरेका छन् । मालिका गाउँपालिका-२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेको मतदान अधिकृत इश्वरबहादुर भण्डारीले जानकारी दिए ।

म्याग्दीका १२० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ । ६ स्थानीय तह र ४५ वटा रहेको म्याग्दीमा ८६ हजार जना मतदाता छन् ।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् । १९ जना उमेद्वार प्रतिस्पर्धामा छन् । सर्वसाधारणहरु उत्साहका साथ मतदानका लागि मतदान स्थलमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्