सहिदलाई सरकारले बिर्सियाे : सीके लाल



महाेत्तरी : महोत्तरीमा मधेश आन्दोलनताका ज्यान गुमाएका ६ जनाको सालिक अनावरण गरिएको छ । जलेश्वर सहिद वाटिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ राजनीतिक विश्लेषक सीके लालले आन्दोलनमा शहादत प्राप्त महिलालाई सरकारमा जानेहरुले बिर्सेको आरोप लगाएका छन् । 

 

लालले भने, ‘चुनाव जितेर सरकारमा जाँदा दल र प्रमुख नेताले महिलाहरुलाई प्रमुख पद र प्रमुख मन्त्रालय दिन बेइमानी गरे ।’

 

सत्तामा पुगेपछि यहाँका नेताहरु आफैं राम र आफैं शिव बनेकोमा उनको आपत्ति थियो । कार्यक्रममा सालिकलाई विविधतायुक्त समाजको प्रतीक मान्दै लालले भने, ‘यो वाटिकाले सबै वर्ग, समुदाय, जात र लिंगलाई समेटेको छ ।’

 

लालले वाटिकालाई धर्मनिरिपेक्ष आस्थाको केन्द्रको विकास गरिने बताए । शहीदको स्मारक बनाएर मात्र हुँदैन यसको लागि शहादत प्राप्तबारे पनि मनन गनुपर्ने पनि बताए । 

 

उनले थपे, ‘सत्तामा रहेका जोसुकैविरुद्ध सकारत्मक आन्दोलन गर्नुपर्छ ।’ उक्त वाटिका निर्माणमा प्रदेश २ मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले ले विशेष भूमिका निर्वाह गरेका छन् । यसका लागि झाले नै रकमको बन्दोबस्त गरेका थिए । 

 

जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र साहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदश्य, प्रदेशसभा सदश्य, राष्ट्रिय सभा सदस्यलगायत दलका स्थानीय नेता कार्यकर्ताको उपस्थिति थियो ।

 

सालिकमा प्रमुख अतिथि प्रदेश २ का मुख्य मन्त्री लालबबाबु राउत, राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर लगायतले माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्