हुम्लामा गठबन्धन र स्वतन्त्र पक्षबीच झडप, मतदान स्थगित



हुम्ला । सर्केगाड गाउँपालिका- स्थित रहेको देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप भएको छ । गठबन्धन पक्ष र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको हो । वारेसनामका विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो ।

साढे १० बजे झडप भएपछि मतदान प्रभावित भएको छ । मतदान केन्द तोडफोड भएकोले अहिले मतदान प्रभावित भएको छ । ६० मत खसेपछि मतदान प्रकिया रोकिएको छ । यो केन्द्रमा ६९९ मतदाता रहेका छन् ।

गठबन्धनबाट माओवादीका कार्चेन लामा उम्मेदवार छन् भने नेपाली कांग्रेसका मंगलबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्