धनगढीमा मतदान केन्द्र नजिकै बम विस्फोट



धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको एक मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ। धनगढी उपमहानगरपालिका–२ मा रहेको शारदा मावि मतदान केन्द्र नजिक बम विष्फोट भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठौरले बम विस्फोट भएको पुष्टि गरेको छ। उनले विस्फोटनबाट कुनै क्षति नभएको पनि बताए।

उनले शनिबार बेलुकीबाट अहिलेसम्म कैलालीका ११ स्थानमा बम फेला परेको जानकारी दिए। उनका अनुसार फेला परेको सबै बम नेपाली सेनाले निष्क्रिय पारिसकेको छ। प्रहरी उपरीक्षक राठौरले जिल्लाभरका मतदान केन्द्रमा मतदान जारी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्