गठबन्धनका लागि भोट मागेपछि निर्वाचन कर्मचारी निष्कासित



मोरङ । निर्वाचनमा खटिएका कर्मचारीले मत मागेपछि मोरङको पथरी-३ जनता मावि ‘क’ मतदान केन्द्रका एक कर्मचारीलाई निष्कासन गरिएको छ ।

मतदान गराउन खटिएकी कर्मचारी विनिता दाहालले गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेपछि विवाद उत्पन्न भएको थियो । मत हाल्न पुगेकी कमला दाहालसँग विनिताले सत्तागठबन्धनका पक्षमा भोट हाल्न आग्रह गरेको बताइएको छ ।

कर्मचारीले मत माग्न नपाउने भन्दै हल्ला भएपछि विनितालाई निष्कासन गरिएको र उनको ठाउँमा रामराजा चौधरीलाई ल्याइएको मतदान अधिकृत रामकृष्ण श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्