पाल्पाको तानसेनामा खसालिएको मत रद्द, फेरि मतदान हुँदै



पाल्पा । पाल्पा-पाल्पाको तानसेन नगरपालिका-६ जनप्रिय मावि मतदान केन्द्रमा यसअघिको सबै मत रद्ध गरिएको छ । समानुपातिक तर्फको मतपत्र प्रदेश र प्रतिनिधि सभामा सटिएपछि मतदान प्रभावित भएको थियो । निर्वाचनमा खटिएका कर्मचारीको गल्तीले अन्य ठाउँमा पनि यस्तो समस्या देखिएको छ ।

बिहान खसेको ६८ मत रद्द गर्ने सहमपतिपछि पुनः मतदान सुचारु भएको पाल्पा प्रहरीले जानकारी दिएको छ । यसअघि मतदान गरेका ६८ जनाले पनि पुनः मतदान गर्न पाउने सहमती भएको छ ।

साटफेर भएपछि विवाद भएको थियो । सर्वदलीय बैठक बसेर यस्तो सहमति गरेका हुन् । दोहो¥याएर मतदान गर्नु परेका कारण जनप्रिय मावि मतदान केन्द्रमा बेलुकी ७ बजेसम्म नै मतदान ह’नेछलक्ष्मी कुँवरले बताइन् ।

प्रतिक्रिया दिनुहोस्