केन्द्र भित्रै पटका पड्काएपछि अवरुद्ध मोरङको बुढीगंगामा मतदान पुनः सुरु



मोरङ । मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि अवरुद्ध भएको मतदान प्रक्रिया पुनः सुरु भएको छ । आइतबार बुढीगंगा गाउँपालिका-१ स्थित करैया देवीस्थान केन्द्र भित्र पटका पटकिएको थियो ।

लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो । पटेका पट्किएपछि अवरुद्ध भएको मतदान पुनः सुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्