बम राखिएको अाशंकापछि नेपालगञ्जमा तनाव 



नेपालगन्ज : नेपालगन्जको पुष्पलाल चोकमा बम राखिएको भन्ने हल्ला भएपछि त्यहाँकाे स्थिति तनावग्रस्त छ ।  चोकमा देखिएकाे प्लास्टिक झोलाभित्र शंकास्पद बस्तु बेरेर राखिएको भन्दै स्थानीयले बम भएको शंका गर्दै प्रहरीलाई खबर गरेका छन् । घटनास्थलमा प्रहरी पुगेको छ ।

तालिम प्राप्त कुकुर प्रयोग गरी बम भए/नभएको यकिन गर्ने प्रयास भइरहेको छ। झोला नजिकै कमाण्डर समूहको पर्चा भेटिएको प्रहरीले जनाएको छ। उक्त पर्चामा तीन सय मिटर टाढा रहन चेतावनी दिइएको छ। 

बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई आग्रह गरेको बताए। बम राखिएको स्थानलाई प्रहरीले घेराबन्दी गरेको छ। सर्वसाधारण र सवारी साधनहरुलाई त्यस तर्फ जान रोक लगाएको छ।

प्रतिक्रिया दिनुहोस्