धर्ना बसेका निर्मला पन्तका आमाबुवा बिरामी परे



कञ्चनपुर : बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया छोरीका हत्यारालाई कारबाही माग गर्दै धर्नामा बसेका मृतक निर्मला पन्तका आमा–बुवा बिरामी परेका छन् । गत आइतबार देखि मृतक पन्तका आफन्त कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा धर्ना बसेका छन्।

 

निर्मलाका बुवा यज्ञराजलाई ज्वरो आएको र रक्तचाप घटेको छ। आमा दुर्गादेवीको पनि रक्तचाप घटेको माहाकाली अञ्चल अस्पतालका चिकित्सक डा. किशोर बोहराले बताए। दुवै जनाको रगत जाँच पछि थप उपचार बारे निर्णय गरिने डा. बोहराले बताए।

प्रतिक्रिया दिनुहोस्