बाजुरामा प्रहरीको इन्सास राइफल खोसेर फरार



काठमाडौँ । बाजुराको त्रिवेणीमा नगरपालिका वडा नम्बर-७ मा प्रहरीसँग झडप गर्नेहरु इन्सास राइफल खोसेर भागेका छन् । झडप गर्नेहरु मध्ये केहीले प्रहरीको इन्सास राइफल खोसेर भागेको र अझै फेला नपरेको प्रहरी जनाएको छ ।

उक्त झडपमा गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको ज्यान गएको छ । मृतक वडा नम्बर-९ स्थित रत्नावती माविमा कार्यरत शिक्षक मानबहादुर ऐडी छोरा हुन् । उनी वडा नम्बर-७ का स्थानीय हुन् ।

त्रिवेणी-७ स्थित नाटेश्वरी मतदान केन्द्रमा साँझ पौने ५ बजेबाट झडप सुरु भएको थियो । झडप गर्नेहरूमा नेकपा एमाले र कांग्रेसका कार्यकर्ता थिए ।

प्रतिक्रिया दिनुहोस्