तनहुँमा दिउँसो १ बजेदेखि मतगणना हुने



तनहुँ । तनहुँमा मतगणना कार्य आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । राजनीतिक दल, उम्मेदवारसहितको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । आइतबार राति अबेरसम्म मतपेटिका व्यवस्थित गर्नुपरेकाले बिहानैदेखि मतगणना गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिएका छन् ।

निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी राति अबेर सुतेका कारण मत गणना गर्न ढिलाइ हुन गएको हो । उने भने “बिहान १० बजे बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको थियो ।” तनहुँका २ निर्वाचन क्षेत्रमा कूल २ लाख ४८ हजार ४ सय ९५ मतदाता रहेकामा ५४ प्रतिशत मत खसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्