बाजुरामा जीप दुर्घटना, एककाे मृत्यु दुर्इ घाइते



बाजुरा : बाजुरा भएकाे जीप दुर्घटनामा चालककाे मृत्यु भएकाे छ भने दुर्इ जना घाइते भएका छन् । बाजुराको खप्तड छेडेदह गाउँपालिकाबाट जिल्ला सदरमुकाम मार्तडी आउँदै गरेको से १ ज ५४३ नम्बरको जीप साँफे मार्तडी सडक अन्तरगत बुढीगंगा नगरपालिका– २ बल्देमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–४ का ४० वर्षीया जीपका मालिक सहित रहेका चालक धनबहादुर साउँद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनको घटना स्थलमै मृत्यु भएका बताइएको छ ।

 

त्यस्तै मृतक चालक साउँदका २२ वर्षीय छोरा नवराज साँउद र खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका कुम्भ बुढा रहेका छन् । घाइतेहरुको थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्