रेडियो प्रस्तोता महावीर विश्वकर्माको निधन



काठमाडौं । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता एवं वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य महावीर विश्वकर्माको निधन भएको छ। आज बिहान चितवनमा सवारी दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

चितवनमा विश्वकर्मा सवार माइक्रो बस बिग्रेर रोकिराखेको गाडीमा ठोक्किँदा उनको निधन भएको वैज्ञानिक समाजवादी पार्टीकी केन्द्रीय सदस्य रुपा सुनारले जानकारी दिइन्। उनको रेडियो कार्यक्रम बहकिने मन युवा पुस्तामा लोकप्रिय थियो ।

प्रतिक्रिया दिनुहोस्