सप्तरी-२ मा उपेन्द्र यादवभन्दा सीके राउत दोब्बर बढी मतले अगाडि



जनकपुरधाम । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका उम्मेदवार डा. सीके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पछाडि पारेका छन्।

पछिल्लो मतगणना परिणाम अनुसार जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतले १२ हजार २२५ मत ल्याउँदा यादवले ६ हजार २० मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जयप्रकाश ठाकुरले २ हजार ३ सय ४४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्