काठमाडौंमा लौरोले खोल्यो खाता, प्रदेशसभा ८ को ‘क’ मा बज्राचार्य विजयी



काठमाडौं । काठमाडौंमा लौरो चुनावचिन्हबाट पहिलो उम्मेदवार विजयी भएका छन् । काठमाडौं ८ को प्रदेशसभा (क) बाट शैलेन्द्रमान बज्राचार्यले जित निकालेका हुन् । प्राप्त परिणाम अनुसार हाम्रो नेपाली पार्टीका बज्राचार्यले ५ हजार ४ सय ६२ मत पाएका छन् ।

एमालेका उम्मेदवार ३ हजार ७ सय ११ मतमा रोकिए । कांग्रेसका उम्मेदवारले ३ हजार ६ सय ७० मत ल्याएका छन् । यो क्षेत्रमा लौरोका सुमन सायमी र घण्टीका विराजभक्त श्रेष्ठबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । पछिल्लो मतगणनामा सायमी पछि परेका छन् ।

प्रतिक्रिया दिनुहोस्