कैलाली ३ बाट नागरिक उन्मुक्तिका गंगा चौधरी प्रतिनिधिसभामा विजयी



कैलाली । प्रतिनिधिसभामा रेशम चौधरी नेतृत्वको नागरिक  उन्मुक्ति पार्टीले खाता खोलेको छ । कैलाली क्षेत्र नम्बर ३ मा उक्त पार्टीका गंगाराम चौधरी वीजयी भएका छन् ।

कैलाली ३ मा खसेको ६३ हजार ४४० मतमध्ये चौधरीले २३१२० पाएर विजयी भएका हुन् । सत्तागठबन्धनका तर्फबाट माओवादीका कुन्दन चौधरी १७७४९ मा रोकिए । एमालेका गौरीशंकर चौधरीले ९८७४ मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ७०४७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्