उपेन्द्र यादव सिके राउत भन्दा ८ हजार बढी मतले पछाडि



काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतको मतान्तर फराकिलो बन्दै गएको छ ।

राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई ८ हजार १ सय ५९ मतान्तरले पछाडि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार राउतले १६ हजार ७३ मत प्राप्त गर्दा यादवले ७ हजार ९ सय १४ मत मात्रै प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार लोसपाका जयप्रकास ठाकुरले भने ३ हजार ३ सय ९० मत प्राप्त गरेका छन् । अहिलेसम्म कुल २९ हजार ५ सय ९० मतको गणना भइसक्दा १ हजार ५ सय ५८ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्