काठमाडौं ९ बाट प्रतिनिधिसभामा एमालेका कृष्णगोपाल विजयी



काठमाडौं । नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ काठमाडौं ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

आफ्नो राजनीतिक जीवनको आठौं स्पर्धामा उनले चौथो जित निकालेका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मतसहित तेस्रो स्थानमा सीमित भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्