दाङ ३ मा कांग्रेसका दीपक गिरि अघिअघि, एमालेकी कोमल वली पछिपछि



दाङ । दाङ क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका दीपक गिरीले अग्रता कायमै राखेका छन् । गिरिले ४ हजार ८०८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी नेता कोमल वलीले ४ हजार ८३ मत लिएकी छन् । गिरी वलीभन्दा ७ सय २५ मतले अघि छन् । सुरुवातीदेखि नै गिरीले आफ्नो अग्रता कायम राख्दै आइरहेका छन् ।

त्यस्तै दाङ क्षेत्र नं. ३ को प्रदेशसभा सदस्य ३९१० तर्फ नेपाली काँग्रेसका डिल्ली चौधरी अग्रता कायम राख्दै आइरहेका छन् । चौधरीले ५ हजार २६० मत प्राप्त गर्दै गर्दा उनका प्रतिद्वन्द्व नेकपा एमालेका घनश्याम पाण्डे ४ हजार १९१ मात्रै मत प्राप्त गरेका छन् । पछिल्लो मत परिणाम अनुुसार चौधरी पाण्डेभन्दा १ हजार ६९ मतले अघि छन् ।

त्यस्तै प्रदेशसभा सदस्य ३९२०मा नेकपा माओवादी नेता धनबहादुर मास्की भन्दा नेकपा एमालेका हुुकुमबहादुर बस्नेत ४ सय १५ मतले पछि छन् । मास्कीले ५ हहजार ४८९ मत प्राप्त गरेका छन् भन्ने बस्नेतले ५ हजार ७४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्