इलाम २ मा पछि परे एमालेका सुवास नेम्वाङ



इलाम । इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ पछि परेका छन् । यहाँ मतगणना जारी छ । अहिले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिएका छन्। खड्काले ३७५६ मत ल्याएका छन् ।

यहाँ एमालेका नेम्वाङले ३४५५ मत ल्याएका छन् । उनीहरूबीच ३०१ मतान्तर देखिएको छ । यहाँ राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारले ८०१, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवारले ३०७, जसपाले २००, राष्ट्रिय स्वतन्त्र पार्टीले १३९ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्