र्‍याफ्टिङ दुर्घटनामा अस्ट्रेलियन नागरिकको मृत्यु



सुर्खेत : कर्णाली करिडोरअन्तर्गत कर्णाली नदीमा र्‍याफ्टिङ डुंगा दुर्घटनामा एक जना अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ । बिहीबार दिउँसो कर्णाली नदीमा र्‍याफ्टिङ गरेका उनीहरुकाे डु‌ंगा एक्कासि पल्टेको थियो । 

 

कालिकोटको शान्नित्रिवेणी गाउँपालिका २ आम्तडा नजिकै कर्णालीमा र्‍याफ्टिङ गर्दा खोचमा फसेपछि डुंगा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । प्रहरी प्रमुख डीएसपी विनोद शर्माका अनुसार दुर्घटनामा मृत्यु भएका विदेशी नागरिक ३१ वर्षीय एड्रिन कियरन हुन् । मुगुबाट सुर्खेत आउँदै गरेका पाँच जना यात्रीमध्ये बाँकी चार भने सकुशल छन् । 

 

दुर्घटनामा परेकाको उद्धार गरिए पनि र चोट लागेका कारण कियरनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सदरमुकाम मान्मदेखि ३५ किलोमिटर टाढा रहेकाले बिहीबार साँझसम्म सदरमुकाम अस्पतालमा ल्याइने र डीएसपी शर्माले जानकारी दिए । 

मृतक अस्ट्रेलियन नागरिक

प्रतिक्रिया दिनुहोस्