दाङ २ मा रेखा शर्मा झण्डै २ हजार मतले अगाडि, शंकर पोखरेल पछिपछि



दाङ । दाङ २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले झण्डै २ हजार मत अन्तरले अग्रता लिएकी छन् । २३ हजार ५३१ मत गणना हुँदा रेखाले ९ हजार ५९५ मत पाएकी छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले ७ हजार ७५३ मत पाएका छन् । रेखा र शंकरबीचको मत अन्तर १८४२ छ । रेखाले शंकर पोख्रेलसँग सुरुदेखि नै अग्रता बनाइरहेकी छन् । पछिल्लो समय उनको मतअन्तर पनि थोरै संख्याले बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्