काठमाडौँ-५ मा प्रदिप पौडेल जीत नजिक



काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर-५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल जिततर्फ अघि बढेका छन् । करिब साढे ७ हजार मत गणना हुँदा पौडेलले ३ हजार ९३८ मतको अग्रता बनाएका छन् ।

मंगलबार राति सवा ७ बजे प्राप्त मतपरिणामअनुसार पौडेलले १२ हजार ५६२ मत प्राप्त गरेका छन् भने एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ८ हजार ६२४ मत प्राप्त गरेका छन् ।

हालसम्म काठमाडौं ५ मा ३८ हजार २६४ मत गणना भइसकेको छ भने कुल गनिनुपर्ने मत ४५ हजार ९८७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्