एनसेलको नयाँ प्रिपेड प्याक



काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नयाँ प्रिपेड प्लानअन्तर्गत ३ वटा स्टार्टर प्याकहरू ल्याएको छ । कम्पनीले सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरेको छ । यी प्याकहरू आइतबारदेखि सञ्चालनमा आएका छन् । ग्राहकले सजिलोको करसहित ९७ रुपैयाँ, सहयात्री प्लान ९८ रुपैयाँ, सही यो प्लान ९९ रुपैयाँमा लिन सक्छन् ।

स्टार्टर प्याकअन्तर्गत सिम कार्ड खरिद गर्दा ग्राहकले स्वतः सजिलो प्लान प्राप्त गर्छन् । यसमा १० रुपैयाँ मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र ७ दिनको समयसीमा रहेका २० वटा अन नेट एसएमएस हुन्छन् ।

त्यस्तै, यो प्याक लिने ग्राहकले अन नेट भ्वाइस कलअन्तर्गत करसहित १ रुपैयाँ ६२ पैसा प्रतिमिनेटमा कल, १ रुपैयाँमा पे एज यु गो डेटा र कुनै पनि नेटवर्कमा एसएमएस करबाहेक १ रुपैयाँमा पठाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्