सर्लाही-१ प्रदेश (ख) बाट एकीकृत समाजवादीकी लुङ्गेली विजयी



सर्लाही । सर्लाही क्षेत्र नम्बर १ प्रदेशसभा “ख” मा नेकपा (एकीकृत समाजवादी) की बेची लुङ्गेलीले प्रदेश सभा सदस्यमा विजयी प्राप्त गरेकी छन् । उनले नेकपा एमालेकी शान्ति लामालाई फराकिलो मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन् ।

बुधबार बिहान सार्वजनिक गरिएको मतपरिणाअनुसार लुङ्गेलीले लामालाई ६ हजार ६ सय ९९ मत अन्तरले पराजित गरेकी हुन् । लुङ्गेलीले १३ हजार ६ सय ७६ मत ल्याउँदा लामाले ६ हजार ९ सय ७७ मत मात्र प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै स्वतन्त्र तर्फको जेब्रा चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवार राजन कुमार श्रेष्ठले पनि ५ हजार ९ सय ४५ मत ल्याएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को ख बाट लुङ्गेलीले अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट जित निकालेकी थिइन् । पार्टी विभाजन भएपछि उनि नेकपा (एकिकृत समाजवादी) पार्टीमा लागेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्