कैलाली-४ मा कांग्रेसका बलायर निर्वाचित



धनगढी । कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको मतगणनामा उनले नेकपा (एमाले)का लेखराज भट्टलाई पराजित गरेका हुन्।

बलायरले २६ हजार एक सय ७१ मत पाउँदा भट्टले २२ हजार पाँच सय ३३ मत पाए। उनीहरुको मतान्तर तीन हजार चार सय ३८ छ । विसं २०७० मा डोटीबाट निर्वाचित भएका बलायरले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। अघिल्लो निर्वाचनमा उनी तत्कालीन एमालेका प्रेमबहादुर आलेसँग पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्