कैलाली १ मा रञ्जिता श्रेष्ठको जित पक्का



कैलाली । कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ । यो समाचार तयार पार्दासम्म रञ्जिताले २६ हजार १५५ मत पाइसकेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन् ।

अब ८ हजार ६११ मत गन्न बाँकी रहँदा रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गरेकी छिन् । एकवर्ष अघि गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलाली-३ मा जितिसकेको छ।

प्रतिक्रिया दिनुहोस्