पर्वतमा एमालेले गर्‍यो ‘क्लिन स्वीप’



पर्वत । पर्वतमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ जित निकाल्दै नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पर्वतमा प्रतिनिधिसभा सदस्य तर्फ एमालेका पदम गिरी, प्रदेशसभा ९१० मा भक्त कुँवर र प्रदेशसभा ९२० मा मित्रलाल बस्याल विजयी भएका छन् ।

गिरीले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई पराजित गरेका हुन् । गिरीले जोशीलाई २ हजार २ सय ६३ मतान्तरले पराजित गरेका हुन् । गिरीले २९ हजार ८ सय ७२ मत ल्याउँदा जोशीले २७ हजार ६ सय ९ मत ल्याएका हुन् ।

प्रदेशसभा ९१० मा एमालेका भक्त कुँवरले नेकपा माओवादी केन्द्रका सुदीप कुँवरलाई पराजित गरेका हुन् । भक्त कुँवरले १६ हजार ८१ मत प्राप्त गर्दा माओवादीका सुदीप कुँवरले १३ हजार ७ सय ४२ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा ९२० मा नेकपा एमालेका बस्यालले कांग्रेसका ऋषिकेश तिवारीलाई पराजित गरेका हुन् । बस्यालले १४ हजार १ सय ३२ मत ल्याउँदा तिवारीले १२ हजार २ सय १० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्