सबैभन्दा बढी आयकर तिर्ने बालाजु अटो सम्मानित



काठमाडौं । आन्तरिक राजस्व कार्यालय, बालाजुले आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी आयकर तिर्ने करदातालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वक्र्स प्रा.लि.लाई आन्तरिक राजस्व कार्यालय, बालाजुद्वारा आय वर्ष २०७७/०७८ मा व्यापार क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरिएकाले राष्ट्रिय कर दिवस, २०७९ को अवसरमा कदर स्वरूप सम्मानपत्र दिएको छ ।

बालाजु अटो वक्र्स प्रा.लि. नेपालमा महिन्द्राका लागि आधिकारिक सेवा केन्द्र हो । झन्झटमुक्त सवारी साधन सेवाका साथसाथै कम्पनीले महिन्द्रा गाडीको जेन्युन स्पेयर पार्ट्स र म्याक्सिमाइल लुब्रिकेन्टहरू प्रदान गर्छ ।

प्रतिक्रिया दिनुहोस्