
काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्श बैंकबीच मर्जरको अन्तिम सम्झौता भएको छ । बुधबार कुमारी बैंकको केन्द्रिय कार्यालय टंगालमा यी २ बैंकबिच मर्जरमा जाने अन्तिम सम्झौता भएको हो । साथै दुबै बैंकका संचालक समितिहरुले १-१ अनुपातको शेयर आदन-प्रदान समेत स्वीकृत गरिसकेका छन् ।