चुनाव जितेपछि रेखा शर्माको प्रतिवद्धता : इमानका र निष्ठाका साथ काम गर्छु



दाङ । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले इमान र निष्ठाका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

निर्वाचनमा विजयी भएपछि आज बिहीबार बिहान पत्रकारहरुसँग कुराकानि गर्दै शर्माले भनिन् ‘आम जनसमुदायका र मतदाताका जुन गुनासा हामीप्रति छन्, ती गुनासा सम्बोधन गर्ने गरी इमानका साथ काम गर्छु । निष्ठाका साथ काम गर्छु । त्यसरी काम गर्दा पूरा गर्न सकिन्छ भन्ने लाग्छ । पूरा नहुने कुराहरु इमानका साथ भन्छु जनताका बीचमा ।’

शर्माले आम मतदाताका गुनासा सम्बोधन हुने गरी काम गर्ने बताएकी छन् । उनले आफ्नो जितलाई प्रतिगमनविरुद्धको एजेण्डा दंगाली जनताबाट अनुमोदन भएको रुपमा टिप्पणी समेत गरेकी छन् । यसबाट अत्यन्त खुसी लागेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्