विश्वकप फुटबलमा आज ४ खेल हुँदै



काठमाडौं । विश्वकप फुटबलमा आज बिहीबार चार खेल हुँदैछन् । पहिलो खेल स्वीट्जरल्याण्ड र क्यारुनबीच हुनेछ। नेपाली समयअनुसार ३ः४५ बजे दोहास्थित अल जबदु रंगशालामा यी दुईको खेल हुनेछन् । स्वीट्जरल्याण्ड अहिले १२औं विश्वकप खेल्दैछ। युरोकप विजेता इटालीलाई हराउँलै आफ्नो समूहको शीर्ष स्थानमा रहँदै स्वीट्जरल्याण्ड विश्वकपमा छनोट भएको थियो ।

यता अफ्रिकन राष्ट्र क्यामरुन ८ औं पटक विश्वकप खेल्दैछ । अफ्रिकन टिमबाट सबैभन्दा बढी विश्वकप खेल्ने देश क्यारुन हो । दोस्रो खेल उरुग्वे र दक्षिण कोरियाबीच हुँदैछ। नेपाली समयअनुसार साँझ ६ः४५ बजे इजुकेशन सिटी रंगशालामा यी दुई देशको हुनेछ । स्टार खेलाडीले भरिएको उरुग्वे र एसियाको सबैभन्दा सफल टिम कोरियाबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ ।

बिहीबारको तेस्रो ९ः४५ बजे पोर्चुगल र घानाबीच हुँदैछ । स्टेडियम ९७४ मा यी दुई देशको खेल हुँदैछ । तनाव र विवादका कारण म्यानचेस्टर युनाइटेडबाट अलगिएका पोर्चुगलको स्टार क्रिस्ष्टियानो रोनाल्डो अहिले क्लबबिहिन छ । क्लबबिहिन रोनाल्डोमाथि आज सबैको नजर पर्ने देखिन्छ ।

आजको चौथो खेलमा विश्वकपको सर्वाधिक सफल टिम ब्राजिल र सर्बियाबीच हुँदैछ । नेपाली समयअनुसार राति १२ः४५ बजे यी दुईको खेल लुसेल आइकोनिक रंगशालामा हुँदैछ । स्टार खेलाडीले भरिएको ब्राजिललाई रोक्ने रणनीतिका साथ सर्बिया मैदानमा उत्रनेछ ।

प्रतिक्रिया दिनुहोस्