प्रतिनिधिसभामा सर्लाही १ बाट लोसपाका चौधरी निर्वाचित



सर्लाही । सर्लाही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरी निर्वाचित भएका छन् । चौधरीले स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई ६ हजार ४३४ मतान्तरले पराजित गरेका हुन् ।

चौधरीले २४ हजार ८३८ मत ल्याउँदा खड्काले १८ हजार ४०४ मत ल्याएका छन् । यहाँ जनता समाजवादी पार्टीका प्रमोद साहले १४ हजार २५५ मत पाएका छन् भने जनमत पार्टीका जनराम विश्‍वास रायले १ हजार २१६ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्