राप्रपा महामन्त्री, एमाले र माओवादीको महासचिवलाई नफापेको चुनाव



काठमाडौँ । दलीय प्रणालीमा महामन्त्री वा महासचिव पार्टीको दोस्रो कार्यकारी पद हो । भने पार्टी र संगठन परिचालनको प्रमुख पद हो । महामन्त्री वा महासचिवको कार्ययोजना पार्टीको बटम लाइन हुन्छ ।

तर, पार्टी संगठन सञ्चालन आफ्नो हातमा लिएका पार्टीका यी मुख्य व्यक्तिहरु कोही चुनावमा पराजित भए कोही विजयी। संसदीय चुनावमा हार्नु र जित्नु स्वभाविक मानिए पनि पार्टीको नेतृत्व गरिरहेको व्यक्ति चुनावमा पराजित हुनुलाई अर्थ पुर्ण रुपमा लिइन्छ । केही समय अघि मात्र दलहरुको अधिवेशनबाट पार्टीको मुख्य पद महासचिव वा महामन्त्री सम्हालेका कांग्रेसको विश्वप्रकास शर्माबाहेक अन्य दलको महामन्त्री वा महासचिव पराजित भए ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूले पार्टीको महामन्त्री जितेसँगै संसदीय चुनाव पनि जिते । उनले यसभन्दा अगाडी २ पटक हारेका चुनाव यो पटक महामन्त्री भएसँगै जिते । कांग्रेसका अर्को महामन्त्री गगन थापा पहिलेदेखि नै चुनाव जित्दै आएका छन् ।

तर, नेकपा माओवादी केन्द्रको महासचिव देवप्रसाद गुरुङ, नेकपा एमालेका महासचिव शंकर पोखरेल र राप्रपाकी महासचिव कुन्ती देवी पोखरेल(उपाध्याय) भने पार्टीको मुख्य पदमा पुगेपछि चुनावमा पराजित भएका छन् ।

पोखरेललाई दाङ निर्वाचन क्षेत्र नम्बर-२ बाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले पराजित गर्दा माओवादीका गुरुङलाई एमालेका पृथ्वी सुव्वा गुरुङले पराजित गरे। भने काठमाडौँ-२ बाट उम्मेदवार रहेकी महामन्त्री पोखरेल स्वतन्त्रकी सोविता गौतमसँग पराजित भइन् ।

रोचक त के छ भने एमालेका पोखरेललाई माओवादी उम्मेदवारले हराउँदा देव गुरुङलाई एमालेका पृथ्वीले हराएका हुन्। दाङ-२ बाट हार्ने एमालेका पोखरेल पूर्वमुख्यमन्त्री हुन् लमजुङमा माओवादीका महासचिव गुरुङलाई हराउने एमालेको पूर्वमुख्यमन्त्री हुन्।

सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार एक सय ८८ मतले पराजित गर्दै एमाले उपमहासचिव गुरुङ निर्वाचित भएका हुन् । पृथ्वीले ३४ हजार ९ सय ६९ मत पाउँदा प्रतिद्वन्द्वी देवले ३१ हजार ७ सय ८१ मत पाए।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले १५ हजार २२९ मत पाउँदा पोखरेलले ११ हजार १४ मत पाइन् । उनी तेस्रो स्थान बनाउन सफल भइन् ।

देव गुरुङलाई हराएका पृथ्वी सब्बा ०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा लमजुङ प्रदेश (२) बाट विजयी भएका थिए । उक्त समयमा पृथ्वीले देवलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्न सहयोग गरेका थिए।

उत्ता पोखरेल भने २०७४ एमाले माओवादी गठबन्धन भएसँगै दाङको प्रदेशसभामा निर्वाचित भएका थिए। उनी यसअघिको निर्वाचनमा पनि उक्त क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्