दाङ-१ मा कांग्रेसका अनुराग खड्का विजयी



दाङ । दाङ निर्वाचन क्षेत्र नं १ ९२० प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेसका अनुराग खड्का निर्वाचित भएका छन् । उनले नेकपा (एमाले) का उम्मेदवार कुलबहादुर केसीलाई ३ हजार ५२ मतान्तरले पराजित गरेका हुन् ।

विजयी खड्काले १६ हजार २ सय २२ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी केसीले १३ हजार १ सय ७० मत पाएको निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिएका छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका भक्तिराम चौधरीले ५ हजार १ सय ३९ मत पाए ।

निर्वाचित खड्काले जनताले दिएको मतको कदर गर्दै समग्र दाङको विकासमा आफूले खटेर काम गर्ने बताएका छन् । उनले भने, “एउटा कलिलो युवकलाई यति धेरै विश्वास गर्दिनुभयो, म यो विश्वासलाई आत्मसात् गरेर अगाडि बढ्ने छु ।”

दाङ-१ मा जम्मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये प्रदेश ९१० मा ४० हजार एक सय छ र प्रदेश ९२० मा ३८ हजार ५ सय ९२ गरी कुल ७८ हजार छ सय ९८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्