मुख्यमन्त्री राजेन्द्र पाण्डे निर्वाचित



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता एवम् बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे निर्वाचित भएका छन्। सत्ता गठबन्धनबाट धादिङ १ बाट साझा उम्मेदवार भएका पाण्डे एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गरेका हुन्।

पाण्डेले ३५ हजार ९३४ मत ल्याएर विजयी भए भने एमालेका त्रिपाठी २७ हजार ९५३ मत ल्याएर पराजित भएका छन्। यस क्षेत्रबाट त्रिपाठी २०७४ सालको चुनावमा भारी मतका साथ विजयी भएका थिए।

यो पटकको चुनावमा आफ्नै पूर्व सहकर्मी पाण्डेसँग पराजित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ५६ मत ल्याएर तेस्रो भएका छन्। धादिङ २ बाट कांग्रेस नेता रामनाथ अधिकारी यसअघि निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्