काठमाडौं : उच्चशिक्षा अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीको संख्या यस वर्ष पनि बढेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानसम्बन्धी ओपन डोर्स प्रतिवेदनले तीन वर्षयता अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको संख्यामा १५.३ प्रतिशतले वृद्धि भएको जनाएको हो ।
“लगातार तीन वर्षदेखि अमेरिका अध्ययनार्थ जाने नेपाली विद्यार्थी बढेका छन्, जुन अहिले १३ हजार २७० पुगेको छ । अमेरिका विद्यार्थी पठाउने २५ वटा मुलुकको सूचीमा रहेको नेपाल अहिले १० औं स्थानमा उक्लिएको छ,” प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार अमेरिकामा उच्च शिक्षा अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या १० लाख नाघेको छ ।