कैलाली–२ मा नागरिक उन्मुक्तिका अरूणकुमार चौधरी निर्वाचित



कैलाली। कैलाली-२ बाट नागरिक उन्मुक्ति पार्टीका उम्‍मेदवार अरूण कुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

नेकपा एमालेका उम्‍मेदवार झपट बहादुर रावललाई १३ हजार ७४३ मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन्।

चौधरीले २१ हजार ८७१ मत पाउँदा एएमालेका रावलले १६ हजार १२८ मत ल्‍याए। यस्तै माओवादी केन्द्रका उम्‍मेदवार भगतबहादुर बढुवालले १५ हजार ११६ मत मात्र ल्याए।

प्रतिक्रिया दिनुहोस्