पाल्पा-१ मा नेकपा एमालेका नारायणप्रसाद आचार्य विजयी



काठमाडौँ । पाल्पा-१ मा नेकपा एमालेका उम्‍मेदवार नारायणप्रसाद आचार्य प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरले पराजित गर्दै आचार्य विजयी भएका हुन्।

आचार्यले ३१ हजार १ सय ३ मत पाउँदा कांग्रेसका गाहाले २० हजार २५६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै स्वतन्त्र उम्मेदवार विपिन कँडेलले २ हजार ८ सय ६३, जनता समाजवादी पार्टी नेपालका मेहरमान रानाले ८५, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले २ सय ५२, मङ्गोल नेशनल अर्गनाइजेशनका थमनबहादुर बुढामगरले एक हजार ९ सय १६ र राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामीले ११५मत ल्‍याए।

आयोगका अनुसार स्वतन्त्र उम्मेदवारहरु नारायण न्यौपानेले २७, राजु सुनारले ६८ र डोलराज तिमिल्सिना (पुतली चिह्न)ले १० मत प्राप्त गरे। पाल्पा-१ मा ९६ हजार ३३ मतदाता रहेकोमा निर्वाचनमा ५८ हजार ४ सय ९१ मत खसेको थियो। जसमध्ये १ हजार ४०७ मत बदर भएको छ।

प्रतिक्रिया दिनुहोस्