नुवाकोट १ मा माओवादीका उम्मेदवार तामाङ विजयी



काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् । ५९ वर्षीय तामाङले एमालेका बद्री मैनालीलाई ३ हजार ८५ मतान्तरले हराएका हुन्। तामाङले २६ हजार ५४८ मत पाए भने मैनालीले २३ हजार ४६३ मत पाए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रद्युन्त महत क्षेत्रीले भने ६ हजार ११३ मत प्राप्त गरे । सोही निर्वाचन क्षेत्रको प्रदेश १ मा माओवादी केन्द्रकी राधिका तामाङ विजयी भएकी छन् भने २ मा कांग्रेसका रमेश कुमार महत विजयी भएका छन् । विजयी सबै सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्