कपिलवस्तु २ मा कांग्रेसका सुरेन्द्र आचार्य विजयी



कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन् । आचार्यले एमालेका बृजेश गुप्तालाई पराजित गरेका हुन् । उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार ६९७ मत पाएका छन् ।

यस्तै राप्रपाका सविता शर्माले १ हजार ५७४ र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल अहमत शाहले १ हजार १२३ मत पाएका छन् । बृजेशले २०७४ सालमा यही क्षेत्र वाट जितेका थिए।

प्रतिक्रिया दिनुहोस्