मोरङ-३ मा रेखा थापा तेस्रो, कांग्रेसका सुनिल शर्मा विजयी



मोरङ । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् । एमाले उम्मेदवार भानुभक्त ढकाल र राप्रपाकी रेखा थापालाई फराकिलो मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

शर्माले ४८ हजार ६३१ मत ल्याएर विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्रै पाए। राप्रपाबाट उम्मेदवार बनेकी थापाले १० हजार ९८८ मत ल्याएर तेस्रोमा सीमित भइन्। सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले ३ हजार १७२ मत ल्याएर चौथो भएका छन्।

मोरङ–३ एमाले नेता ढकालको क्षेत्र हो। यो क्षेत्रमा कांग्रेसका नेता शर्मा पनि ०७४ को निर्वाचनमा लडेका थिए। त्यतिबेला ढकाल निर्वाचित भएका थिए। ०७४ को प्रतिनिधिसभा निर्वाचनमा ढकालले ४२ हजार ४ सय १३ मत ल्याउँदा कांग्रेसका शर्माले ४० हजार ५ सय ६ मत ल्याएका थिए।

रेखा थापाको जन्मस्थान पनि मोरङ ३ कै सलकपुरमा पर्छ। आफू हुर्केको ठाउँ भएको र युवाको मत तान्न सक्ने भएकाले आफूले निर्वाचनको लागि मोरङ ३ रोजेको थापाको भनाई थियो। चुनावमा पराजित भएपछि अभिनेत्री थापाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् कांग्रेस नेता शर्मालाई बधाई दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्