विश्वकप फूटबलमा आज ४ खेल हुँदै



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत शनिबार ४ खेल हुँदैछन्। विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’का समान २/२ खेल हुनेछन्। पहिलो खेलमा समूह ‘डी’मा रहेको ट्युनिसिया र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे शुरू हुनेछ।

दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ। पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे शुरू हुनेछ। तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे शुरू हुनेछ।

शनिबारै हुने अन्तिम खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ। समूह ‘सी’मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२ः४५ बजे शुरू हुनेछ । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। यसैगरी शनिबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्ड र अमेरिकाले बराबरी खेल्दै अंक बाँडेका छन्।

कतारको अल बायत स्टेडियममा भएको खेलमा इंग्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका हुन्। बराबरीसँगै इंग्ल्यान्ड र अमेरिकाले अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै राखेका छन् । समूह ‘बी’मा रहेको इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ भने अमेरिकाले २ खेलमा २ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्