रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ चुनावी खर्च भएको बताएका छन् । उनले यसमा पछिसम्मका लागि सोचेर खरिद गरिएका अतिरिक्त कार्यालय सामग्रीहरूको हिसाब नजोडिएको बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘मेरो चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ देखिएको छ। (पछिसम्मका लागि सोचेर खरिद गरीएका अतिरिक्त कार्यालय सामग्रीहरूको हिसाब जोडिएको छैन ।)’ त्यस्तै लामिछानेले कार्यकालभरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्