
काठमाडौं । महिला हिंसाविरुद्ध काठमाडौंमा र्याली निकालिएको छ। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत काठमाडौंमा आज र्याली निकालिएको हो । आज बिहान ‘अग्निजन्य हिंसा जघन्य अपराध हो। अग्निजन्य हिंसाविरुद्ध एक हौँ’ भन्ने नारासहित र्याली निकालिएको हो । र्यालीमा विभिन्न संघ–संस्था र क्षेत्रका व्यक्तिको सहभागिता थियो ।