१६ मतले पछि परे सुवास नेम्वाङ



इलाम । प्रतिनिधिसभा सदस्यतर्फ इलाम क्षेत्र नं. २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्का २८ हजार ४८६ मतसहित अगाडि छन् । उनी निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ १६ मतले पछि परेका हुन् ।

नेम्वाङले २८ हजार ४७० मत प्राप्त गरेका छन् । २०७४ को निर्वाचनमा नेम्वाङ यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्